काठमाडौं, वैशाख २० । विगतका सचिवालय बैठकभन्दा शनिबार बसेको सत्तारुढ दल नेकपा सचिवालय बैठकमा केही फरक दृष्य देखियो ।
शनिबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको थियो ।
अध्यक्षद्वय सँगसँगै बसेको तस्वीर प्रधानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेको हो ।
वरीयताक्रममा ओली पहिलो र दाहाल दोस्रो नम्बरमा भएपनि दुवै समान हैसियतका अध्यक्ष थिए ।
तर, मंसिर २०७५ को सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो ।
त्यसको केही समयपछि सचिवालय बैठक बस्दा ओली र दाहाललाई एउटै लहरको कुर्सी राख्न थालिएपनि त्यसले निरन्तरता पाएको थिएन । दाहालको आसन अन्य सचिवालय सदस्यजस्तै हुने गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्