३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


नेपालमा रोकिएका २७ थाई नागरिक बोकेर उड्यो जहाज


0
Shares

काठमाडौं, बैशाख १९ । लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ ।

थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको छ ।

नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो । रासस