Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


धनकुटामा बजार अनुगमन, मिति गुज्रिएका र खान अयोग्य खाद्यपदार्थ नष्ट


221
Shares

धनकुटा । जिल्लाको खाद्य स्टोरमा पाइएका उपभोग्य मिति सकिएका र खान अयोग्य खाद्य वस्तु नष्ट गरिएको छ ।

जिल्लाको स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार अनुगमनले उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको हो ।

धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ४० हजार मूल्य बराबरको खाद्यय वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत हरिगोपाल कर्मचार्यले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेकाहरूमाथि कडाइ सुरु गरेको छ । धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारहरूमा छड्के अनुगमनलाई तीव्रता दिएका छन् ।