१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अवैध हतियारको त्रासमा मधेस


13
Shares

जनकपुरधाम । समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ । अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दैछ । मधेस मुक्तिका लागि भन्दै गठन भएका सशस्त्र समूहले भित्र्याएका अवैध हतियारलाई अहिले व्यक्तिले कमाइ खाने भाँडो र रिस साँध्ने माध्यम बनाएका छन् ।

असार १२ गते– जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकका मनीषकुमार अधिकारीले पत्नीसँग सामान्य विवाद भएपछि पेस्तोेल पड्काए । रिसको झोंकमा उनले घरको छतमा गोली प्रहार गरे । उनकी पत्नीले घरबाट भागेर ज्यान जोगाइन् । गोली चलेको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ३७ वर्षीय मनीषलाई पेस्तोलसहित समात्यो ।

उनको भान्सा कोठामा लुकाइराखेको अवस्थामा गोली लोड गरेको पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए। युएसए लेखिएको स्वाचालित पेस्तोल बरामद भएको क्षेत्रीले जानकारी दिए । मनीषमाथि हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको उनले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।