
भेनेजुएला, साउन ३० । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको हत्या प्रयासको आरोपमा थप १४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय सुरक्षा गार्डका जर्नेल र कर्णेल पनि छन् ।
यही अगष्ट ४ मा भेनेजुयाली सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मडुरोमाथि ड्रोन आक्रमण भएको थियो । आक्रमणमा सात सैनिक घाइते भएका थिए । यद्यपि, राष्ट्रपति भने सकुसल रहन सफल भएका थिए ।
घटनामा विपक्षी दल र छिमेकी मुलुक कोलम्बियाको हात रहेको आरोप लगाउँदै राष्ट्रपति मडुरोले हत्या योजनामा संलग्न कसैलाई पनि नछोड्ने बताएका थिए ।
यसअघि पनि घटनमा संलग्नताको आशंकामा २१ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्