
काठमाडौं, बैशाख १७ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा नेपालीहरुलाई खान बस्न समस्या भए सम्बन्धित देशमा रहेका दुतावासले व्यवस्था गर्ने बताएको छ ।
श्रम मन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा भएका नेपालीको नाममा सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरुलाई तत्काल ल्याउन नसक्ने भएकाले समस्या परे दुतावासमा सम्पर्क गर्न र सुरक्षित भई बस्न आग्रह गरे ।
विदेशमा रहेका बिसौं लाख नेपालीहरुलाई एकै पटक ल्याउन पनि असंभव भएको भन्दै उनले लकडाउन खुकुलो भएपछि फिर्ता ल्याउने गृहकार्य गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्