
काठमाडौं, बैशाख १७ । लकडाउनको पछिल्लो एक महिनाको अवधिमा विराटनगर भन्सार नाकाबाट ७१ करोड मूल्य बराबरको खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ ।
यस अवधिमा १३ लाख २ हजार ५ सय ३४ टन खाद्यान्न, तरकारी र फलफूल भित्रिएको हो । सबै भन्दा बढी साढे चार लाख ४३ हजार ७ सय १० किलो चामल भित्रिएको छ ।
यस्तै ६८ लाख ५१ हजार किलोग्राम मकै र ३ करोड बढिको धान, ९१ लाख ६२ हजार बराबरको गँहु, ३ करोड ११ लाखको आलु, ४ करोड २६ लाखको प्याज तथा १ लाख ७६ हजार बराबरको हरियो तरकारी भित्रिएको छ ।
यस अवधिमा तेस्रो मुलुकबाट ८ करोड २१ लाख रकम बराबरको १० हजार ८८ टन फलफूल भित्रिएको कार्यालयले जनाएको छ । २३ करोड ३८ लाख तीन हजार बराबरका तेल,चाउचाउ, पास्तालगायतका वस्तु निर्यात भएको छ ।
त्यस्तै भारतलगायत तेश्रो मुलुकबाट दुई अर्ब २० करोड ६२ लाख ८५ हजार बराबरको वस्तु आयात भएको छ । अन्य भन्सारमा अवरोध भएपनि विराटनगर भन्सारबाट भने निर्वाध रुपमा बस्तु आयात निर्यात भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्