
काठमाडौं । बेलायती राजकुमार चार्ल्सले कतारका शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट तीन मिलियन युरो लिएको आरोप लागेको छ ।
साथै उहाँले एक मिलियन युरोले भरिएको सुटकेस लिएको खबर बेलायती अखबार द सन्डे टाइम्सले दिएपछि राजकुमार चाल्र्स विवादमा पर्नुभएको हो । शेख हमादले सन् २०११ देखि २०१५ सम्मको बैठकमा प्रिन्स अफ वेल्सलाई बैंक नोट हस्तान्तरण गरेको पाइएको हो । क्लेरेन्स हाउसमा भएको बैठकमा एकपटक एक मिलियन युरो आयतकार झोलामा हस्तान्तरण गरिएको दावी गरिएको छ ।
अर्को पटक लन्डनका महँगा स्टोरहरू फोर्टनम र मेसन अगाडि झुन्ड्याउने झोलाहरूमा नगद दिएको सन्डे टाइम्सले जनाएको छ । अखबारले युरोका ५ सय दलका नोटमा दिइएको पनि जनाएको छ । उक्त रकम आतंकवाद वित्तपोषणका लागि प्रयोग भएको र अहिले उक्त कार्य बन्द गरिएको जसलाई ‘विन लादेन’ नाम दिइएको थियो ।
क्लेरेन्स हाउसका अनुसार पैसा तत्काल राजकुमारको परोपकारी संस्थाहरू मध्ये एकलाई पठाइएको थियो । जसले उपयुक्त करारहरू पूरा गर्यो र सबै सही प्रक्रियाहरू पछ्याइएको आश्वासन दिएको बताइएको छ । तर, उक्त घटनाले प्रिन्स अफ वेल्सको परोपकारी कोषमा प्रश्न उठाएको छ ।
कतारी शेखको उपहारबारे कुनै पनि ट्रस्टीलाई थाहा नभएको जनाइएको छ । शाही संलग्नताको अदालत सर्कुलर रेकर्डमा शेखसँग राजकुमार चाल्र्सको कुनै पनि बैठक भएको उल्लेख छैन् । साथै रकम लिएको विषय अवैध हो भन्ने पनि छैन् । तर त्यसले राजकुमारको व्यक्तिगत निर्णयमा भने प्रश्न खडा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्