
पाल्पा, बैशाख १५ । पाल्पाका कतिपय स्थानीय तहमा मापदण्ड र प्रक्रिया पालना नगरी राहत वितरण गरेको छ ।
पाल्पाका प्रदेश सांसदहरुले जिल्लाको स्थानीय तहमा अनुगमन गर्दा पक्रिया पालना नगरी राहत विरण गरेको पाएको हो ।
एउटै जिल्लामा फरक–फरक परिमाणमा राहत वितरण गरेको भेटेपछि सांसदहरुले राहतमा एकरुपता गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
अनुगमनमा कतिपय स्थानिय तहमा आवश्यक भन्दा बढी क्वारेन्टाइन निर्माण गरेको पाइएको छ ।
प्रदेश सरकारले पाल्पाका दुई वटा नगरपालिकालाई पन्ध्र लाखका दरले र आठ वटा गाँउपालिकालाई दश लाखका दरले बजेट उपलब्ध गराएको थियो ।
जसमा स्थानिय तहहरुले स्थानीय स्रोत र चन्दा सहयोग समेत संकलन गरी राहतमा खर्च गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्