१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता


0
Shares

रोम, साउन ३० । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरुले अझै १२ जना व्यक्ति बेपत्ता भएको बताएका छन् ।

पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन गरिएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

भीषण वर्षा भइरहेका बेला पुल खसेको हो । पुलको सुरक्षाको विषयमा यसअघि पनि प्रश्न उठाइँदै आएको थियो ।

यो पुल सन् १९६० को दशकमा निर्माण भएको हो । उक्त पुलले इटालीको रिभेरा र फ्रान्सको दक्षिण तटीय क्षेत्रलाई जोड्दै आएको थियो ।

पुलको सन् २०१६ मा मर्मत गरिएको थियो । त्यसयता पुलको नियमित अनुगमन गरिँदै आएको बताइएको छ । (एजेन्सी)