
काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मंगलबार संयुक्त ट्रेड युनियन सञ्जालको बैठकले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारीइ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
सञ्जालले सरकारले ऐन जारी नगरेको खण्डमा संघर्षका कार्यक्रमहरु गर्ने भन्दै संयुक्त संघर्ष समितिसमेत गठन गरेको छ । बुधवार नेपाल निजामति कर्मचारी संघका महासचिव जनकबहादुर रावलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय निजामती सेवा ऐन जारी गर्न ध्यानाकषर्ण गर्ने र ध्यानाकर्षण गर्दापनि सरकारले ऐन जारी नगरे आन्दोलन गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले सरकारले संघीय निजामती सेवा ऐन अहिलेसम्म ल्याउन नसक्दा नागरिकले सार्वजनिक प्रशासनको सेवा प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । महासचिव रावललले अघिल्लो सरकारले ऐनको मस्यौदा ल्याएपनि सरोकारवाला निकायसँग छलफल नगरेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले ऐन संसदबाट फिर्ता ल्याएको ऐनमा निजामती कर्मचारीको हकहीतलाई समेटर नयाँ ऐन जारी गर्न माग गर्नुभयो । महासचिव रावलले समायोजन ऐनको कारण अहिलेसम्म पनि कर्मचारीहरु समायोजन हुन नसक्दा निजामति प्रशासन तहसनहस भएको बताउनुभयो ।
महासचिव रावलले नेपालको सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्नुपर्ने संघीय निजामति ऐन आउन नसक्दा कर्मचारीको वृत्तिविकास तथा सेवाप्रवाह प्रभावकारी नभएको बताउनुभयो । तीनै तहमा गरेर १ लाख ४२ हजार निजामति कर्मचारीको दरबन्दी रहेकोमा स्थानीय तहमा २३ हजार दरबन्दीहरु रिक्त रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्