
काठमाडौं । लिथुआनियाले रुसी क्षेत्र कालिनिन्ग्रादमा रेलमार्ग बन्द गरेपछि आक्रोशित बनेको रुसले यसको गम्भीर नतिजा भोग्नु पर्ने चेतावनी दिएको छ ।
रुसका वरिष्ठ सुरक्षा अधिकारी निकोलाई पात्रुशेनले लिथुआनियाको यो कदम गलत भएको भन्दै सत्रुता साँध्न गरेको प्रयासको जवाफ दिने बताएका हुन् ।
लिथुआनियाले भने युरोपियन युनियनले रुसमाथि लगाएको प्रतिबन्ध पालना मात्रै गरेको स्पष्ट पारेको छ। कालिनिन्ग्राद क्षेत्र रुसका लागि एक महत्वपूर्ण सामरिक क्षेत्र मानिन्छ । रुससँग स्थलसीमा नजोडिएको यो क्षेत्र रुसी नौ सेनाको अखडा हो ।
यसलाई एकातिर नेटा तथा इयु सदस्य देशहरू पोल्याण्ड र लिथुआनियाले छेकेका छन् भने अकार्नेतर्फ बाल्टिक सागर छ । सो भूमी सन् १९४५ को दोश्रो विश्वयुद्धपछि जर्मनीबाट रुसमा गाभिएको थियो ।
त्यहाँ १० लाख मानिसको बसोबास रहेको छ । पछिल्लो समय लिथुआनियाले सो क्षेत्रमा विभिन्न सरसामान र खाद्यान्न ढुवानी गर्न रेलमार्गमा प्रतिबन्ध लगाएपछि रुस रुष्ट बनेको हो ।
प्रतिक्रिया दिनुहोस्