Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


राष्ट्रियसभामा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश


156
Shares

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्नु भएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोध स्वरुप खर्च कटौतिको प्रस्ताव राखेको छु । लैगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शिर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु । बजेट सन्तुलित र न्यायोचित छैन ।’

उहाँले सरकारले ल्याएको आगामी आर्थिंक वर्षको बजेट सन्तुलित र न्यायोचित नभएको दावी समेत गर्नुभयो ।

Skip This