
तस्विर फाइल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताउनुभएको छ ।
नेपाली कांग्रेस व्यास नगर समितिद्वारा विपी स्मृति भवन दमौलीमा आयोजित स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमा वरिष्ठ नेता पौडेलले नेताले मात्रै कार्यकर्ताको मूल्यांकन नगरी अब कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्नुपर्ने बताउनु भयो ।
नेताको चरित्र बुझेर को सही को गलत छ भन्ने कार्यकर्ताले छुट्याउनु पर्ने पौडेलको भनाइ थियो । आफ्नो उत्तरदायित्वलाई गहन रुपमा लिन उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्