Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


डीआईजी बढुवामा सकस


247
Shares

काठमाडौं । नेपाल प्रहरीतर्फ २० मध्ये १७ डीआईजीको दरबन्दी रिक्त रहँदा प्रहरी संगठन संचालनमा नै असर पर्न थालेको छ।

लामो समयसम्म रिक्त डीआईजीको दरबन्दी पूर्ति गर्नेतर्फ सरकारले चासो नदेखाउँदा सातमध्ये चार प्रदेश डीआईजीबिहीन छन् । सात प्रदेश मध्ये चार वटा प्रदेशको नेतृत्वमा डीआईजी नहुँदा पुलिसिङमा नै असर पर्न थालेको छ । प्रदेशमा प्रहरीको नेतृत्व डीआईजीले नै गर्दै आएका छन् ।

हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णली प्रदेश डीआईजी बिहीन छन् । मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मात्रै अहिले डीआईजीले जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । डीआईजी बढुवा लम्बिंदा सयौं प्रहरीको करिअरमा असर पर्ने अवस्था बन्दै गएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।