Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


प्रभावकारी बजार अनुगमनको तयारी


117
Shares

काठमाडौं । पछिल्ला महिनामा मूल्यवृद्धि अस्वभाविक रुपमा बढेको भन्दै सरकारले बजार अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ ।

मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजार मूल्य अस्वभाविक रुपमा बढेको विष्कर्ष निकाल्दै बजार अनुगमन पुन: अघि बढाउने निर्णय गरेको हो । समितिको निर्णय कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ भने मन्त्रालयले पनि मातहतका निकायलाई परिपत्र जारी गरिसकेको मन्त्रालयमा महासचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन निर्देशिका स्वीकृत गरी आपूर्ति व्यवस्था दुरुस्त राख्न, कृत्रिम मूल्य निर्धारण निरुत्साहन गर्न तथा गुणस्तर कायम गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने, मुख्यसचिव संयोजक रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको निर्णयमा भनिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।