सिन्धुली, वैशाख १२ । बाहिरी जिल्लाबाट तरकारी ल्याएर बिक्री गरेको अभियोगमा सिन्धुली प्रशासन कार्यालयले दुुईजनालाई थुनामा राख्ने आदेश दिएको छ ।
तरकारीलगायतका खाद्यवस्तु सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उल्लंघन गरेको आरोपमा दुईजना तरकारी व्यवसायीलाई थुनामा राखिएको हो ।
उनीहरुलाई कमलामाई नगरपालिकाले तराईका जिल्लाबाट तरकारी ल्याएर सिन्धुलीमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।
दुवैजनालाई संक्रामक रोग निवारणसम्बन्धी ऐन २०२० अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
उनीहरुलाई २५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्