
काठमाडौं । सरकारले नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर) को सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।सोही बैठकले नेपाल सरकार र बेलायत सरकार बिचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको पनि पत्रकार भेटघाटमा जानकारी गराइयो ।
त्यसै गरी सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीका अनुसार समितिका यस अघिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा स्वीकृत गरिएको थियो ।एसिया प्यासिफिक ग्रुर्प अफ मनि लर्निङ (एपीजी) को आगामी साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने पनिे बैठकले निर्णय गरेको थियो । मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे सवस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसै गरी असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने नाइन्टी सेकेन्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेसनल सेटलमेन्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार असार ६ गतेदेखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कसप अन इन्क्लुसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअसको अप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने भएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्