२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


३६ ग्राम खैरो हेरोइन सहित एक पक्राउ


208
Shares

काठमाडौं । काठमाडौंको नागढुंगा प्रहरी प्रभागले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ०३–००१ ख २३१४ नम्बरको बस चेकजाँच गर्ने क्रममा झापाको शिवताक्षी नगरपालिका–११ का पूर्ण बहादुर विश्वकर्मा हेरोइनसहित पक्राउ परेका हुन ।

विश्वकर्माको झोलाबाट खैरो हेरोइन ३६ ग्राम बरामद भएको प्रहरीले बताएको छ । उनलाई बरामद हेरोइनसहित लागू औषधि नियन्त्रणको जिम्मा लगाइएको उपत्यका प्रहरी कार्यालय काठमाडौका प्रबक्ता दिनेशराज मैनालीले बताउनुभयो ।