३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


अमेरिकी संसदद्धारा पाँच खर्ब डलर बराबरको कोरोना सहायता कोष पारित, बेरोजगारी भत्ता लिनेको संख्या बढ्दै


0
Shares

एजेन्सी । अमेरिकी संसदले कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि त्यसबाट प्रभावितहरुलाई आर्थिक सहायता पु¥याउन कोष स्थापना गरिएको हो ।

पाँच खर्ब अमेरिकी डलर बराबरको कोरोना भाइरस सहायता कोष स्थापना गर्ने विधेयक संसदबाट पारित भएको हो ।

सरकारले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित बनेका साना व्यवसाय र अस्पतालहरुलाई सहायता प्रदान गर्ने बताइएको छ ।

अमेरिकी तल्लो सदनकी सभापति न्यान्सी पेलोसीले सरकारले संसदमा पेश गरेको सहायता कोष सम्बन्धी विद्येयक पारित भएको बताएकी हुन् ।

यता कोरोनाको महामारीबाट प्रभावित भएकाले अमेरिकामा बेरोजगार भत्ता लिनका लागि आवेदन दिनेको संख्या दोब्बर भएको बताइएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाका कारण बेरोजगारी बढ्दै गएपछि सरकारले दिने सहायता लिनका लागि आवेदन दिनेको संख्या २ करोड ६४ लाख पुगेको समाचारमा जनाइएको छ ।

यसैबीच विश्व्यापी रुपमा फैलिएको कोरोनाबाट करिब २७ लाख १५ हजार जना संक्रसमित भएका छन् ।

कोरोनाका कारण विश्वभर एक लाख नब्बे हजार भन्दा बढीको मृत्यु भएको छ भने करिब ७ लाख ४५ हजार जना उपचारपछि घर फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकामा मात्र ४९ हजार सात सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।