Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सिए होइन सिएफओले चलाए केन्द्रीय बजेट


390
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफूले विज्ञका रूपमा सहयोग लिएका व्यक्तिलाई सिए भनेर चिनाएका थिए । तर ती व्यक्ति सिए नभएर अरू कोही भएको खुलेको छ ।

यही जेठ १४ गते राति बजेटमा राजस्वका दर परिवर्तन गर्न अर्थमन्त्री शर्माले विज्ञका रूपमा अर्थ मन्त्रालयमा लगेका सिए भन्ने व्यक्ति नेपालका एक प्रतिष्ठित व्यावसायिक घरानाका चिफ फाइनान्स अफिसर (सिएफओ) भएको खुलेको हो ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार अर्थमन्त्री शर्माले सिए भनेर चिनाए पनि ती फाइनान्स हेर्ने व्यक्ति थिए । ती व्यक्तिले मन्त्रालयमा अंग्रेजीभन्दा अर्को कुनै भाषा प्रयोग गरेका थिएनन्। मन्त्रालय स्रोतका अनुसार ती व्यक्तिले विद्युतीय सवारीसाधन र पाम आयलमा लाग्दै आएको करका दर परिवर्तनमा विशेष चासो दिएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।