Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


कामपा मुख्यालय निर्माण रोकियो


1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काठमाडाैं महानगरपालिकाको भवन रोकिएको छ । विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो । ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम उपलब्ध गराउन नमिल्ने जनाएपछि ठेकेदार कम्पनी सामानान्तर जेभीले काम रोकेको हो ।

लामो समयसम्म निर्माण ठप्प भएपछि कामपाका मेयर बालेन्द्र साह हिजो बुधबार कामपाको बबरमहलस्थित सार्वजनिक निर्माण विभाग पुगेर जानकारी लिनुभएको थियो । कर्मचारीमाथि मुद्दा चलाए पनि काम रोक्न कतै आदेश नदिएका कारण निर्माण कम्पनीले पुसदेखि निरन्तर काम गरिरहेको छ ।

ठेकेदार कम्पनीले पहिलो किस्ताको बिल पठाएको थियो । तर, कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले रकम रोक्न निर्देशन दिनुभएको कम्पनीको आरोप छ । कामपाले सम्झौतालगत्तै करिब ८ करोड रुपियाँ उपलब्ध गराएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।