Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नियमनमा कडाई गर्दै केन्द्रीय बैंक


598
Shares

काठमाडौं । आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई साउनदेखि नियमनमा कडाई गर्ने जनाएको छ ।

हुनत अघिल्लो साता पनि वाणिज्य बैंकका अध्यक्षहरूलाई बोलाएर गभर्नर साबले नै जानकारी गराई सक्नुभएको हो । तर मंगलबार वायिज्य बैंकका प्रमुख कार्यकारीहरूलाई पनि त्यहि नै सन्देश प्रवाह गरिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गरेको छलफलमा सहभागी एक प्रमुख कार्यकारीले भने ।

छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबाहादुर मिश्रसहित नियमन विभागका प्रमुख डा. गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देव कुमार ढकाल तथा विदेशी विनिमय विभागका प्रमुख गुरु पौडेलसहित उच्च अधिकारीले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई कम्प्लाइन्स कार्यान्वयनमा सम्झौता नगर्न निर्देशन दिएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।