३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


आत्मसंयम नअपनाउने हो भने कोरोना संक्रमण लामो समयसम्म रहने डब्ल्यूएचओको चेतावनी


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको लडाईंमा आत्मसंयम नपनाउने हो भने यो रोग लामो समयसम्म रहने चेतावनी दिएका छन् ।

उनले अफ्रिका, पूर्वी यूरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ प्रमुख टेड्रोसले पश्चिमी यूरोपमा महामारीको फैलिएको यो संक्रमण धेरै देशहरुमा भने विस्तारै शुरु भएको बताए ।

अहिलेको अबस्थामा लकडाउन हटाउंदा संक्रमण फेरि सक्रिय बन्ने उनको भनाई थियो । उनले संक्रमण नियन्त्रणका लागि घरभित्र बस्नु र भौतिक दूरी कायम राख्नुको विकल्प नभएको बताए । 

 डब्ल्यूएचओ प्रमुखले महामारी नियन्त्रणका लागि चालिएका कदमको बचाव गर्दै डब्ल्यूएचओले कोभिड नाइन्टिनका विषयमा विश्वलाई पहिले नै सचेत गराएको स्पष्ट पारे ।

डब्ल्यूएचओले कोभिड नाइन्टिनलाई जनवरीमा ३० मा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।