Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एमाले बैठकका चार अजेन्डा


338
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो। सोमबारको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिवको नेतृत्वमा रहेको केन्द्रीय कार्यालयको बैठकले चार अजेन्डा तय गरेको छ।

महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले मुख्य चार अजेन्डा तय गरेको हो।सोमबार बस्ने सचिवालय बैठकका लागि तय गरिएका अजेन्डामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठन रहेका छन्।

अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेको भए पनि सोमबार बस्ने सचिवालय बैठकमा त्यसबारे कुनै अजेन्डा राखिएको छैन। स्थानीय तहको निर्वाचनपछि एमाले स्थायी कमिटी सदस्य भुसालले वाम गठबन्धनको आवश्यकता र एमालेको पराजयबारे धारणा राखेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।