Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


७७ प्रतिशत दुर्घटना पहाडमा ठोक्किएर


754
Shares

काठमाडौं । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इनटु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानबिन समितिले मृत्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठोक्किएर हुने सबै भन्दा बढी रहेको तथ्य औंल्याएको हो । विमान बादलभित्र छिरेर पहाडमा ठोक्किनु कन्ट्रोल फ्लाइट (इनटु टेरेन) बाट हुने दुर्घटनाको मृत्युदर ७७ प्रतिशत छ ।

यस्तै चालकले विमान उडानको क्रममा विभिन्न कारण सन्तुलन गुमाएर हुने दुर्घटना (लस अफ कन्ट्रोल इन फ्लाइट) मा २० प्रतिशत र उडान वा अवतरणको समयमा रहेकोे विमान धावन मार्गबाट चिप्लिएर (रन वे एक्सकर्सन) मा हुने ३ मृत्यु प्रतिशत औंल्याएको छ ।

यो समाचार आजको बारोबार दैनिकमा प्रकाशित छ ।