२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दुई प्रदेशको विवाद साझा समाधान

कालीगण्डकी डाइभर्सनको विकल्प आँधीखोला हाइड्याम ?

1.534k
Shares

काठमाडौं । पछिल्लो समय निकै बहसमा रहेको कालीगण्डकी डाइभर्सनको समस्या समाधानका लागि आँधीखोला हाइड्याम एक विकल्प हुन सक्ने स्थानीय विज्ञहरूको भनाइ छ । सडकदेखि संसद्सम्म बहसको विषय बनेको कालीगण्डकी डाइभर्सनको मुद्दाले स्याङ्जा र पाल्पालाई बढी छोएको छ । यहाँका विज्ञहरूका अनुसार दुई जिल्लाको सिमानाबाट कालीगण्डकीमा ड्याम्म बाँधेर पानी तिनाउमा लैजानुभन्दा यो विकल्प उपयुक्त हुन्छ ।

कालीगण्डकीमा ड्याम बाँध्ने विकल्पको चर्को विरोध जारी छ । लुम्बिनी प्रदेशले विकासको बाधक कोही हुन नहुने भन्दै जसरी पनि कालीगण्डकी डाइभर्सन हुनुपर्ने अडान राखेको छ भने गण्डकी प्रदेशले आफ्नो सभ्यता जोगाइराख्न कुनै पनि हालतमा डाइभर्सन गर्न नहुने अडान राखिरहेको छ । यही दुई अडानका बीच यसको विकल्पमा आँधीखोला हाइड्यमलाई लिन सकिने आँधीखोला हाइड्यामका संयोजक झलकराम सुवेदीले नेपाल समाचार पत्रकारसँगको कुराकानीमा बताउनुभएको छ ।

सुवेदीले भन्नुभयो – ‘कालीगण्डकी डाइभर्सनको लागि जहाँ बाँध बस्ने भएको छ यो परियोजनाको पानी विद्युत् उत्पादनपछि त्यही ठाउँमा झर्छ । बिजुली निस्किएपछि कालीगण्डकीमा मिसाउन लागिएको पानीलाई त्यहाँ नमिसाई कालीगण्डकीमा बृज बनाएर सीधै डाइभर्सन सुरुङमा हाल्न सकिन्छ ।’ उहाँले यसो गर्दा कालीगण्डकीको सभ्यतालाई पनि खलल नपुग्ने र तिनाउमा पनि पानी पुग्ने हुँदा दुवै प्रदेशलाई फाइदा हुने बताउनुभयो । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा ड्याम्म बस्ने गरी २०४७ सालदेखि १८० मेगावाटको जलाशययुक्त आयोजनाको निरन्तर अध्ययन हुँदैआएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।