Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उच्चपदस्थको बैंक खातामा बढी निगरानी


273
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अन्तर्गत बैंकहरूले अब दुई प्रकारबाट ग्राहकको पहिचान गर्नुपर्ने भएको छ ।

राजनीतिक व्यक्तिलगायत उच्चपदस्थ र परिवार विशेष निगरानीमा रहने यस्तो व्यवस्था नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानीसम्बन्धी अपराधको उच्च जोखिम देखिएका मुलुक क्षेत्र, उच्च जोखिमयुक्त सेवालगायत जोखिमयुक्त कारोबार तथा उच्चपदस्थ व्यक्ति र त्यस्ता व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बन्द्ध ग्राहकका लागि बृहत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने बाध्यताका कारण लागू गरेको हो ।

तर, केन्द्रीय बैंकले सामान्य व्यक्तिको ग्राहक पहिचान सम्बन्धि व्यवस्था केही सरल बनाएको छ । बैंकिङ कारोबार गर्न विभिन्न प्रकारका अप्ठेरा प्रावधान राखेको आरोप खेपिरहेको राष्ट्र बैंकले दुई प्रकारले ग्राहक पहिचान गर्ने गरी सामान्य नागरिकको हकमा केही खुकुलो व्यवस्था बनाएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।