२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


खाद्य संकटले नेपालमा पनि असर


195
Shares

काठमाडौं । चालु आर्थिक वर्ष सन् २०२२ मा मुद्रास्फीति बढ्दा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदमा विश्वमा नै उच्च रुपमा मुल्य वृद्धि हुने तर आर्थिक वृद्धिदर घट्दै जाने आंकलन गरिएको हो ।

विश्व बैंकले चालु आर्थिक वर्षको अप्रिलसम्ममा विश्वको औषत मुद्रास्फीति ७.८ प्रतिशत पुगेको बताइएको छ भने चालु वर्षमा औषत आर्थिक वृद्धिदर २.९ प्रतिशतमा सीमित हुने उसको आंकलन छ । सन् १९७० को दशकमा देखिएको स्ट्रयागफ्लेसन (मुल्यवृद्धि उच्च हुने र आर्थिक वृद्धि घट्ने) समस्या पुनः एकपटक देखिन सक्ने विश्व बैंकको प्रक्षेपण छ ।

रुस र युक्रेनबीचको युद्धले खाद्यान्नदेखि इन्धनसम्मको आपूर्ति शृंखलामा असर गर्दा मुल्य वृद्धिले उचाई लिने विश्व बैंकको आंकलन छ । विश्व बैंकका अनुसार नेपालले भने चालु आर्थिक वर्षमा ३.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेछ । तर, सरकारले भने चालु आवमा ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।