
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनुनहुने बताउनुभयो । उहाँले अहिले विश्वको राजनीति र कुटनीति चुनौतिपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गर्नुभयो ।
सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रुस-युक्रेन युद्ध र ताईवान आसपासका क्षेत्रमा भइरहेको चलखेलले नेपालमा पनि असर पर्नसक्ने भन्दै त्यसतर्फ सचेत रहेर काम अघि बढाउनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्