काठमाडौं । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (९१३० वर्गमिटर) भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूउपयोग नियमावली–२०७९ मार्फत यस्तो व्यवस्था गरिएको हो । सरकारले नयाँ भूउपयोग नियमावली–२०७९ लाई सोमबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । नियमावलीमा जग्गा टुक्रा गर्दा यदि आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान ९प्लट मिलान० गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरेको छ ।
जसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । यसैगरी, ५ सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन । कृषि क्षेत्रको रूपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५ दशमलव ७३ आना एवं ५ सय वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । तराई र भित्री मधेशको हकमा भने ६ सय ७५ वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइने छैन । काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने एकहजार वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने सो नियमावलीमा उल्लेख छ ।
सरकारले काठमाडाैं उपत्यकाभित्र जग्गाको कित्ता काटमा यस्तो काडाइ गरेसँगै अब कम मूल्यमा जम्मा तीनआना मात्र जग्गा लिएर घर बनाउन खोज्नेलाई भने मर्का पर्ने भएको छ । सरकारले गरेको यो निणर्यले अब न्यून आय भएकाको काठमाडौमा जसोतसो तीन आना जग्गा किनेर सानो घर बनाएर बस्ने सपनामा गम्भीर चोट परेको सम्बन्धित सरोकारवाला एवं घरजग्गा व्यवसायीको भनाइ छ ।उनीहरूले अब सानो लगानीमा जम्मा तीन आना मात्र जग्गा खोज्ने गम्भीर मारमा परेको बताएका छन् । सरकारले मंगलबार भूउपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेसँगै अब जग्गाको कित्ता काटमा नयाँ नियम लागू हुनेछ । यो नियम कार्यान्वयनमा ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्