२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


चितवनमा असिनापानीका कारण करोडौंको क्षति


0
Shares

चितवन, बैशाख ७ । चितवनमा शुक्रबार र शनिबार आएको हावाहुरी सहितको असिनापानीले करोडौंको क्षति भएको छ हावाहुरीले केरा तथा तरकारी खेतीमा नोक्सानी पुगेको हो ।

रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा केरा खेतीमा ठुलो क्षती पुर्‍याएको चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए ।

उनका अनुसार करिव ५० विगाहामा लगाईएको केरा खेतीमा क्षती पुगेको छ ।

लकडाउनले गर्दा यकिन तथ्यांक संकलन गर्न कठिन भए पनि करिब २ करोड वरावरको क्षती भएको पन्तको भनाइ छ ।

हावा हुरीले घरहरुमा समेत क्षति भएको छ । ठूलो असिनाले गर्दा घरका जस्ता पाताहरुमा प्वाल पारेको छ भने झ्याल तथा सवारी साधनका सिसाहरु समेत फुटेका छन् ।