Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


बंगलादेशमा एक कन्टेनरमा विष्फोट हुँदा ५ जनाको मृत्यु

कैयौं घाइते मध्ये २० जनाको अवस्था गम्भीर

117
Shares

काठमाडौं । बंगलादेशको एक कन्टेनरमा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ ।

घटनामा कयाैं घाइतेहरु मध्ये २० जनाको अवस्था भने गम्भीर रहेको त्यहाँका संचार माध्यमले जनाएका छन्। बंगलादेशको दक्षिण पूर्वी क्षेत्रमा रहेको सिताकुण्ड शहरमा रहेको कन्टेनरमा अग्नी नियन्त्रकको फोहोर व्यवस्थापन गर्न आगो बालेका बेला विस्फोट भएको हो । उनीहरुको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेकोले मृतको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सो कन्टेनरमा केमिकल राखिएका कारण विस्फोट भएका्े अनुमान गरिएतापनि घटनाकाे विषयमा अनुसन्धान थालिएको छ। विस्फोटका कारण सो शहरको वरिपरि रहेका घरमा समेत क्षति पुगेको छ ।

यसअघि बंगलादेशमा कन्टेनरमा विस्फोट हुँदा सन् २०२० मा ३ जन अग्नी नियन्त्रकको मृत्यु भएको थियो ।