
काठमाडौं । अमेरिकाले टर्कीको आर्थिक संकटको कारण राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय नभएको स्पष्ट पारेको छ ।
टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलको हिस्सा निकै थोरै भएको भन्दै ह्वाइट हाउसले आर्थिक संकटका लागि ट्रम्प प्रशासन जिम्मेवार नरहेको जिकिर गरेको छ ।
अमेरिकाले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमाथि शुल्क बढाएपछि टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले रणनीतिक साझेदार भएर पनि अमेरिकाले टर्कीलाई पिठ्यूमा छुरा धसेको अभिव्यक्ति दिएका थिए ।
दुई मुलुकबीचको कूटनीतिक तनावका कारण टर्कीको मुद्रा लीरामा भारी गिरावट आएको छ ।
यता जर्मनलीले टर्कीको समर्थन गर्दै उसको अर्थव्यवस्था धरमराउँदा कसैलाई फाइदा नहुने बताएको छ ।
टर्कीमा एक जना अमेरिकी धर्मगुरु एन्ड्रयु बु्रसनलाई थुनामा राखेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीमाथि करका दर बढाएका थिए ।
टर्कीले सन् २०१६ को असफल सैनिक विद्रोहका योजनाकारहरुसँग सम्पर्क रहेको भनिएका अमेरिकी धर्मगुरुलाई सुपुर्दगी गर्न अस्वीकार गरेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्