काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० मा मुद्रास्फीर्तिले सीमा नाघ्ने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् ।
बाह्य कारणले मुद्रास्फीर्तिमा प्रभाव पारेको समयमा ल्याइएको ठूलो आकारको बजेटले मूल्य वृद्धिमा थप उछाल ल्याउने उनीहरुको तर्क छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० औं महिनामा मुद्रास्फीर्ति ७.३ प्रतिशतमा पुगेको छ भने वर्षको अन्त्यसम्ममा दोहोरो अंकमा पुग्न सक्ने आकलन गरिएको छ । यस्तो समयमा सरकारले आगामी वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
त्यसमाथि चुनावी वर्षलाई मध्यनजर राख्दै सरकारले थुप्रै वितरणमुखी बजेट कार्यक्रम ल्याएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्