बैतडी, वैशाख ६ । बैतडी प्रहरीले खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसार्दै गरेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
धनगढीबाट मदिरा लिएर शनिबार बैतडीको मैलालीबजार पुगेको से१ख १५४९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
ट्रकबाट विभिन्न ‘ब्रान्ड’का ४३ पेटी मदिरा बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया दिनुहोस्