Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन ?


41.2k
Shares

काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै ‘तत्काल वाम एकता सम्भव छैन, अहंकारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भन्नुभएको छ ।सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने हल्ला मात्रै भएको बताउनुभएको हो ।

अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो ।‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन्, तर स्थानीय निर्वाचनमा जसरी पाँच दलीय गठबन्धनले सफलता हासिल ग(यो त्यही सफलता प्रतिनिधिसभाको निर्वाचनमा पनि हासिल गर्नेछ, हामी कम्तीमा केही महिनापछि हुने प्रतिनिधिसभासम्मको निर्वाचनसम्म गठबन्धन तोड्न दिनेछैनौं’, अध्यक्ष नेपालले भन्नुभयो– ‘हामीमा कुनै पदको लालसा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौं ।’

नेपालले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आफ्नो पार्टीले सम्मानजनक हैसियत प्राप्त गरेको बताउनुभयो, भन्नुभयो– ‘नेकपा एकीकृत समाजवादीलाई यो सम्मान प्रदान गरेकोमा मतदाता जनताप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ ‘आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनले निरन्तरता पाउनेछ’, नेपालले भन्नुभयो– ‘कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुप¥यो, तर पनि अन्तिमसम्म प्रयास गर्ने नेता तथा कार्यकर्ता र आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई म बधाई दिन चाहन्छु ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।