२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रपति कार्यालयबाट ९ करोड सञ्चित कोषमा जम्मा


0
Shares

काठमाडौं, बैशाख ५ । राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु. नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ ।

श्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस९कोभिड–१९० का कारण विशेष परिस्थिति उत्पन्न भएकाले उक्त रकम सो कोषमा जम्मा हुने व्यवस्था गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत स्पष्ट गरे । रासस