Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु


1k
Shares

बैतडी । सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिगास गाउँपालिका–७ नुवाघरका ५५ वर्षीय करे दमाइ रहेकाे प्रहरीले जनाएकाे जनाएकाे छ। घरमै सुतिरहेका बेला शुक्रबार बिहान उनलाई सर्पले डसेकाे हाे ।

सर्पले डसेकाे केहीबेरमै उनकाे मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभएकाे छ ।