३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


‘लकडाउन’ले तरकारी बारीमै गलेर सड्न थाल्यो (भिडियो)


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, वैशाख ३ । मोरङको कटहरी गाउँपालिका तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित छ ।

तर, अहिले ‘लकडाउन’का कारण त्यहाँ उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा परेका छन् ।

मोरङ, कटहरी–४ का कोपिन्द्र सिंहले चार बिघा जग्गामा कृषि व्यवसाय गर्दै आएका छन् । विभिन्न तरकारी फलाएका उनले पछिल्ला दिनहरुमा भने लकडाउनका कारण नजिकैको बजार विराटनगरमा समेत उत्पादित तरकारी पठाउन सकेका छैनन् ।

बजारसम्म पुर्‍याउन नसक्दा बारीमै तरकारी गलेर सड्न थालेको छ भने गाउँलेलाई सित्तैमा बाँड्दा पनि खपत हुन सकेको छैन ।

मोरङ, कटहरीस्थित तरकारी ‘ब्लक’का १९० जना किसानहरुको चिन्ता पनि कोपिन्द्र सिंहकोभन्दा फरक छैन ।

प्रदेश–१ मा धेरै तरकारी उत्पादन गर्नेमध्येको मोरङको कटहरीका किसान लकडाउनका कारण उत्पादित तरकारी बजारसम्म पुर्‍याउन नसक्दा चिन्तामा छन् ।

सरकारले तरकारीलाई अत्यावश्यक उपभोग्य वस्तु भनेर लकडाउनको बेलामा ढुवानी खुला गरेको छ ।

तर, कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको उपायस्वरुप धेरै होटल र तरकारी पसलहरु बन्द हुँदा किसानहरुको तरकारी खपत हुन नसकेको हो ।

भिडियो हेर्नुहोस्