Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


रसुवामा नेकपाले गर्‍यो स्वास्थ्य र खाद्य सामाग्री सहयोग


0
Shares

रसुवा । रसुवामा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री र विपन्न वर्गका लागि खाद्य सामग्री उपलब्ध गराइएको छ ।

कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेकपा जिल्ला कमिटीले विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न उपलब्ध गराएका हो ।

जिल्ला विपद् कोषमा रहने गरी पन्ध्र सेट पीपिई, नौ हजार थान सर्जिकल मास्क, दुई हजार थान पञ्जा, एक सय ६९ सत्तरी बोतल स्यानिटाईजर र चार सय बोरा चामल सहयोग गरिएको हो ।