४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


बलात्कार सम्बन्धी मुद्दामा हदम्याद खारेज गर्न सम्मृद्धि फाउण्डेसनले गरायो मन्त्रालयको ध्यानाकर्षण


130
Shares

काठमाडौं । सम्मृद्धि फाउण्डेसन नेपालले बलात्कार सम्बन्धी मुद्दामा हदम्याद खारेज गर्न महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

फाण्डेसनले नाबालिका, किशोरी तथा महिलाहरु भयरहीत वातावरणमा स्वतन्त्र एंव सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र बलात्कार सम्बन्धी फितलो कानूनलाई तत्काल संशोधन गर्न पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

फाउण्डेसनकी अध्यक्ष संगीता श्रेष्ठद्धारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा महिलामाथि हुने जघन्य अपराध रोक्न अपराधीलाई हदैसम्मको कारवाही गर्ने कानून बनाउनुको सट्टा कानूनमा भएको कमजोरीले अपराधीको मनोबल बढाउने काम भइरहेको उल्लेख गरिएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मानवअधिकार सम्बन्धी सन्धीमा प्रत्येक मानवको अधिकारबारे स्पष्ट उल्लेख भएपनि अमानवीय घटना रोक्न नसक्नु, अपराधीलाई कडा सजाय दिन नसक्नु र मौजुदा कानून कार्यान्वयन फिलतो देखिनु चिन्ताको विषय भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।