
काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ । क्यानले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको हो ।
कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्नको सहभागि रहने छ ।
क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गर्दै आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाईज प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो ।
प्रतियोगिताको पहिलो संस्करणमा ६ टिम हुने बताईएको थियो । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्