Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सिन्धुलीमा बाहिरबाट तरकारी ल्याउन प्रतिबन्ध


0
Shares

सिन्धुली, वैशाख २ । सिन्धुलीमा बाहिरी जिल्लाबाट तरकारी तथा खाद्यान्न ल्याउन प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकको उक्त निर्णय गरेको हो ।

तराई र पहाडका जिल्लासँग सिमाना जोडिएकाले कोरोनाभाइरसको संक्रमण हुने खतरा बढ्न थालेपछि प्रतिबन्ध लगाइएको हो ।

सिन्धुलीमा सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाबाट खाद्यान्न तथा तरकारी ल्याउने गरिन्छ ।