Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


ढकमक्क फूलले बढायो काठमाडौंका सडकको सौन्दर्यता (भिडियो)


0
Shares

खिलनाथ ताजपुरिया र योगेश लामा (इमेज)

काठमाडौं, वैशाख १ । राजधानीका सडक किनारामा यतिबेला विभिन्न प्रजातिका फूलहरु फूल्न थालेका छन् ।

राता, पहेँला, नीला फूल ढकमक्क फूल्दा सडकको सौन्दर्यता नै बढेको छ । 

वसन्त ऋतु अर्थात् वनस्पतिहरुले काँचुली फेर्ने ऋतु । हरेक प्रकारका वनस्पतिका नयाँ पालुवा र त्योसँगै फुल्ने फूलहरुले आनन्दित बनाउँछन् ।

हो, वसन्त ऋतुले ढपक्कै ढाकेको छ । तीन सातादेखि चलिरहेको ‘लकडाउन’का कारण उपत्यकामा मानिसको हिँड्डुल नै नभएको बेला फूलहरुले भने आफ्नो सुन्दरता पोख्न पाएका छन् ।

लाजिम्पाट, सिंहदरबार, नयाँबानेश्वर–बबरमहललगायत सडकहरु फूलले ढकमक्क बनेका छन् ।

यस विषम परिस्थितिमा पनि सडकहरुमा फाट्टफुट्ट हिँड्ने मानिसहरु फूलसँग मोहित हुँदै तस्वीर क्यामेरामा कैद गर्न छुटाउँदैनन् ।

सडक विभागले कालेपत्रसहित धमाधम ‘रोड मार्किङ’ गर्दा चिल्ला बनेका सडकहरुमा यी फूलहरुले झनै शोभा थपेका छन् ।

भिडियो हेर्नुहोस्