२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


जेब्राक्रसमै मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु


2.171k
Shares

बुटवल । बुटवलको कालिकानगरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गएराति योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाईते भट्टराईको उपचारको लागि अस्पताल पुर्याउदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक बुटवल ४ आदर्शनगरका विरेन थापा पनि घाइते भएका छन् । उनको हात, खुट्टा र आँखामा चोट लागेको छ । उनको उपचार भने बुटवलकै चौराहा अस्पतालमा भएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकलले जेब्रा क्रसमै ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।