Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसकाे घोषणा

सैनीकलाई ठाउँ छोडी ज्यान बचाउँन जेलेन्स्कीले दिए अनुमति

6.3k
Shares

काठमाडौं । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ।

युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिनुभएको छ।

मारियुपोल शहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीका कारण फसेका आफ्ना सयौं नागरिक र सैनिकको ज्यान बचाउन ठाउँ छोड्ने अनुमति दिएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्लेख गर्नुभएकाे छ । रुसले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन गरेको महिनौंको हमलाका कारण मारियुपोल शहर ध्वस्त भएको छ ।

साेही ठाउँका भवन तथा उद्योगहरू रुसी आक्रमणबाट भग्नावसेशमा रुपान्तरण भएका छन् ।

Skip This