३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा


0
Shares

नयाँदिल्ली, चैत २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन् ।

उनले शनिबार कोरोनाभाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए ।

मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उनी मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए ।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उनले ‘लकडाउन’ पूर्णरुपमा कार्यान्वयन गराउनेदेखि कोरोनाभाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका थिए ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोनाभाइरसविरुद्धको लडाइँलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुईपटक भिडियो बैठक गरेका थिए ।

उनले मन्त्रिपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियोमार्फत् गरिसकेका छन् ।

उनले हरेक दिनजसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस/एएनआई