Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


चिरायु अस्पतालद्वारा स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, चैत २९ । काठमाडौंको वसुन्धरास्थित चिरायु अस्पतालले ईमेज च्यानलका लागि कोरोना संक्रमणबाट जोगाउने केही स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।

अस्पतालका डेपुटी म्यानेजर रवि खड्काले शनिबार ईमेज च्यानलमै आएर स्यानिटाइजर, ग्लोभ्स, मास्कलगायतका सामग्री प्रदान गरेका हुन् ।

जस्तोसुकै परिस्थितिमा पनि काम गर्नुपर्ने सञ्चारकर्मी तथा कोरोना संक्रमणविरुद्ध ‘फ्रन्टलाइन’मा बसेर काम गर्नेहरुलाई संक्रमणबाट जोगिन मद्दत पुगोस् भनेर सामग्री उपलब्ध गराएको खड्काले बताए ।