Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


भारतको कोल्हुईमा कोरोना संक्रमण, रुपन्देहीको सीमा क्षेत्रमा उच्च सतर्कता


0
Shares

भैरहवा, चैत २९ । भारतको कोल्हुईमा कोरोनाको संक्रमण देखिएपछि रुपन्देहीको दक्षिणी सीमा क्षेत्र मर्चवारमा उच्च सतर्कता अपनाइएको छ ।

सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुलेसमेत निगरानी बढाएका छन् ।

कोल्हुईमा कोरोना संक्रमण देखिएपछि अहिले त्यस क्षेत्रका भारतीयहरु नेपालमा आउने सम्भावना बढेकोले नाकामा सतर्कता अपनाइएको हो ।

सीमा क्षेत्रमा हुने दोहोरो आवागमन रोक्न प्रहरीसँगै स्थानीय तहहरुले पनि अहिले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

सीमा क्षेत्रमै कोरोनाको संक्रमण देखिएकोले थप सजगता अपनाइएको रुपन्देही प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

रुपन्देहीमा भारतसँग जोडिएका गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाइएको छ ।